यस आधारमा तपाईंको सवारी शुल्क मूल्याङ्कन गरिन्छ:
- आधारभुत सवारी शुल्क: पिकअप शुल्क
- प्रति मिनेट दर: यात्राको सुरुदेखि अन्त्यसम्मको समय
- किलोमिटर दर: यात्रा गरिएको दूरी
- गतिशील मूल्य निर्धारण, यदि लागू भएमा।
तपाईंले आफ्नो गन्तव्य थप्नु भएपछि अनुमानित सवारी शुल्क देख्नुहुनेछ। यो पूर्वानुमान हामीले इष्टतम मार्ग तथा आगमनको अनुमानित समयलाई विचार पुर्याएर दिन सक्ने उत्तम अनुमान हो।
अन्तिम सवारी शुल्क ट्राफिक, मौसम, सडक निर्माण, फरक मार्ग वा मध्य-यात्रामा गन्तव्य परिवर्तन जस्ता कारणहरूमा निर्भर हुन्छ।