तपाईले आफ्नो कम्पनीको व्यय प्रणालीलाई आफ्नो वर्क प्रोफाइलमा जडान गर्न सक्नुहुन्छ ताकि बोल्ट सवारी रसिदहरू स्वचालित रूपमा व्यय प्रदायकलाई फर्वार्ड गरिनेछ। Zoho Expense, Expensify, Rydoo र SAP Concur प्रयोग गर्न सक्नु हुन्छ। तपाईको देशमा कुन-कुन प्रदायकहरू उपलब्ध छन् कृपया चेक गर्नुहोस्।
तपाईंको प्रोफाइलमा व्यय प्रदायक जडान गर्न:
- मेनुमा रहेको कार्य सम्बन्धित सवारी ट्याबमा जानुहोस्
- व्यय प्रदायक थप्नुहोस् भन्ने अप्सन खोल्नुहोस्
- प्रक्रिया पूरा गर्न प्लेटफर्मको वेबसाइटमा दिएका निर्देशनहरू पालना गर्नुहोस्।
- अर्को विकल्पक, तपाइँ व्यय प्रदायकको वेबसाइटबाट पनि व्यय गर्न सक्नुहुन्छ।
कृपया ध्यान दिनुहोस् यदि तपाईंले रसिदको इमेल परिवर्तन गर्नुभएमा, व्यय प्रदायक पुन: जडान गर्न आवश्यक हुनेछ।
आफ्नो वर्क प्रोफाइलबाट व्यय प्रदायकलाई विच्छेद गर्न, एपबाट कार्य सम्बन्धित सवारीमा जानुहोस्, व्यय प्रदायक छनौट गर्नुहोस् र ट्राय्स क्यान आइकनमा क्लिक गर्नुहोस्।
कुनै पनि समस्याको आइपरेमा, कृपया व्यय प्रदायकलाई सम्पर्क गर्नुहोस्।